Monday, January 8, 2018

प्रेम वियोग

प्रेम वियोग (नेपाली कविता) 




तिमीलाई थहा छैन होला
तिम्रा ती हृदय तलका शब्द थिए?
मलाई लाग्छ प्रेमील खहरे पो...
तर पनि म सम्झी रहन्छु तिमीलाई,
तिम्रो भावात्मक उद्वेगमा बग्न
मलाई पनि मन थियो तर ...

उही अर्थहीन भवानाका पर्वत चुरीन पुगे
मलाई किन लाग्न थाल्यो खुल्दुली तिमीमा?
प्रश्न पनि प्रश्नै रहने भए सदा सदाकालागी
तर मेरा अतृप्त नयबाट नीरका सौगातहरू
शायद अब हर एकान्तमा पिरोल्न आउने भए
साथी बनेर सदा र सदाका लागी आरक्षित भई...

थाहा छ अब तिमीलाई याद न रहुँला म
किन रहुनु पनि पर्यो र हैन?
तर पनि मेरे स्थानमा रही दाँज अफुलाई,
शायद तिमीलाई थाहा हुने छ
अनिंदा रात र सम्झनाका साथ
शायद मेरो ममा परशु प्रहार हो?
अब म संसारदेखी उजाडीदैं छु...

तिमीले हेर्न सक्ने छैनौं
हृदयका डडेलाहरु
अाशाशक्त छु म केवल...

तिम्रो सम्झनामा बरालींदा
यस्ता भावना बग्रेल्ति आउने गर्छन्
शायद म टाढिनु पर्छ तिम्रा यादसंग
सोच्दा फुटेको काँच जस्तो मुटु हुन्छ
ऐय्या च्वास्स घोच्यो कति कति घाऊ
कस्ले सहलाऊँछ अब
पक्कै मलाई जिउन गाह्रो छ।

तर म तिमीलाई
मेरा स्मरणका भिरबाट
धकेल्ने छु बलिसष्ठ बनेर
पर्ख  वियोगका ती
उदेकिला दिनहरुसंग
नाता गाँस्नमा ब्यस्त छु,
प्रभातको पर्खाईमा
अरुणीमा छाउने छ
अशान्वित छु म॥
                'भिक्षु जीवन'
                 विष्णु शर्मा 

No comments:

Post a Comment