Tuesday, April 2, 2019

कविता

मेरो जीवनका प्रभातहरु
अस्ताउन तिर जब लाग्नेछन
मेरा स्वेदकणले मलाई टोक्ने छन्
निर्ममता संग रक्ताम्य हुने गरी
अनि म द्वारा पछ्याइएका ती पाईलाले
गिज्याउने छन् मेरा ती विवशतालाई
र म भेट्ने छु हरेक पाईलामा आखेटक
जसका आखेट हुने छन्
मेरो संसार!
मेरा सपना!
र म स्वयम्।