Tuesday, January 9, 2018

आमा

      आमा




यो शब्द मात्रै नभई...
ठूलो जीवन दर्शन रहेछ...
त्यस्तो ममत्वको आँचल
जसमा छ रोमाञ्च युक्त
स्नेहाद्रव द्रवित
नीर पुरित
निश्छल नयनहरु।
...
अनि जिन्दगीको
प्रथम प्रेमस्पर्श
न्यानो आँचल
ममताको मिठो
धारा पान गराउने श्रोत
शिशु रामउने काख
मातृत्व पछिको नीरवता र
देवीतुल्य शैत्य पनि त रहेछ
आमा!
माता!!
माँ!!!
जननी प्रणाम!!!!


No comments:

Post a Comment